आइपिएल

मुम्बईले गुजरातलाई हरायो

काठमाडौं । सूर्यकुमार यादवको शतकप्रेरित घरेलु टोली मुम्बई इन्डियन्सले  इन्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ ।

जितसँगै १२ खेलमा १४ अंक जोडेको मुम्बई तेस्रो स्थानमा उक्लिएको छ । पराजयका बाबजुत गुजरात १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा कायम छ । 

वान्खडे स्टेडियमा शुक्रबार सम्पन्न खेलमा मुम्बईले प्रस्तुत गरेको दुई सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै एक सय ९१ रन  बनायो ।

गुजरातका लागि राशिद खानले ३२ बलमा १० छक्का तीन चौकाको मद्दतमा ७९ रनन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यसैगरी डेविड मिलरले ४१, विजय शंकरले २९ र राहुल तेवातियाले १४ रन जोडे ।

अन्तिम विकेटका लागि खान र अल्जारी जोसेफले अविजित ८८ रनको साझेदारी गरेका थिए । जोसेफले सात रन बनाए ।

मुम्बईका लागि अकाश मधवालले तीन, कुमार कार्तिक्य र पियुष चावलाले समान दुई तथा जेसन बेहरेनड्रफले एक विकेट लिए ।

यसअघि  टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय १८ रनको योगफल तयार पारेको थियो।

मुम्बईका लागि यादवले ४९ बलमा ११ चौका तथा ६ छक्काको मद्दतमा अविजित एक सय तीन रन बनाए । यसैगरी इशान किसनले ३१, विष्णु विनोदले ३०, कप्तान रोहित शर्माले २९ र नेहाल वाधेराले १५ रन जोडे ।

चौथो विकेटका लागि यादवले विनोदसँग ६५ तथा पहिलो विकेटका लागि किशनले र शर्मासँग ६१ रनको साझेदारी गरेका थिए ।

गुजरातका लागि राशिद खानले चार तथा मोहित शर्माले एक विकेट लिए ।