चैत्र १७, २०८२ मंगलबार | ०७:५९:५०
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

नवौं सगरमाथा अन्तर्राष्ट्रिय कराते जेठमा

काठमाडौं । नेपाल कराते महासंघको तत्वाधन तथा नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रम अनुसार, नवौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता जेठ दोश्रो साता  हुने भएको छ ।

प्रतियोगिता शाखा डोजो नक्सालको २४ औं वार्षिकोत्सवको अवसरमा जेठ १३ देखि १६ गतेसम्म  हुने लागेको हो । 

प्रतियोगितामा नेपालसहित  भारत, बंगलादेश, श्रीलंका, भुटान र इजरायलका खेलाडीको सहभागिता रहने छ  । प्रतियोगितामा पुरुषतर्फ जुनियर तथा क्याडेट इभेन्टसमा मानइस ३३, ३५,४०, ४५ किलो तौल समूह र एकल काता तथा सिनियरमा माइनस ५०, ५५, ६०, ६७, ७५, ८४ किलो तौल समुह, मास्टर्स इभेन्टस र सिनियर एकल काता गरी १३ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।  

यसैगरी महिलतर्फ जुनियर तथा क्याडेटमा माइनस ३३, ३५, ४०, ४५ किलो तथौम समूह र एकल काता तथा सिनियरमा माइनस ४५, ५०, ५५, ६१ ,६७, ६८ किलो तौल समुह र एकल काता गरी १२ इभेन्टस सावेश गरिएको छ ।

प्रतियोगितामा २५ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक अन्तराष्ट्रिय रेफ्री गजेन्द्र बहादुर खपाङगी ’ईश्वर’ ले जानकारी गराए ।

प्रतियोगितामा विजेता खेलाडीले पदक तथा प्रमाण पत्र प्राप्त गर्नेछन्  भने टिम प्रथम हुनेले आकर्षक ट्रफी, प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गर्नेछ ।

त्यसैगरी उत्कृष्ट महिला तथा पुरुष खेलाडीले आकर्षक ट्रफी, प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ठ मार्च पास टिम, उत्कृष्ठ अनुशासित टिम र उत्कृष्ठ फेयर प्ले टिम लाई आकर्षक ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।

गत वर्ष भएको आठौ सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल टिम प्रथम, भारत दोश्रो र भुटान तेश्रो भएका थिए ।

 चार दिने प्रतियोगिता लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो