अस्ट्रेलिया

विश्व टेस्ट च्याम्पियनसिप र एसेस शृंखलाअघि कुनै पनि भ्रमण नहुनु आश्चर्यजनकः लेम्यान

सिड्नी । अस्ट्रेलियाका पूर्वप्रशिक्षक डयारेन लेम्यानले विश्व टेस्ट च्याम्पियनसिपको फाइनल र एसेस शृंखलाअघि कुनै पनि शृंखला नहुँदा आश्यर्चमा परेको बताएका छन ।

उनले यी दुई महत्वपूर्ण शृंखलाअघि कुनै पनि भ्रमण नगर्दा टोलीको नतिजामा असर गर्ने बताए ।

‘कुन राष्ट्रमा खेल्न लागेको हो भनेर त्यहाँको वातावरण र मौसम बुझ्नका लागि पनि भ्रमण आवश्यक छ’, २०१३ देखी २०१८ सम्म अस्ट्रेलियाको प्रशिक्षण सम्हालेका लेम्यानले भने,'यस्तो महत्वपूर्ण शृंखलाअघि भ्रमण नगर्नु घातक बन्न सक्छ । '

अस्ट्रेलिया र भारतबीचको टेस्ट च्याम्पियनसिपको फाइनल जुन ७ देखी १२ सम्म इङल्यान्डको ओभलमा हुनेछ । जुन १६ बाट अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाअन्तर्गतको पहिलो टेस्ट खेल्नेछ । 

अस्ट्रेलियाका प्रमुख छनोटकर्ता जर्ज बेलीले अभ्यास भ्रमण नगर्दैमा त्यसले टोलीको प्रदर्शनमा कुनै असर नगर्ने प्रतिक्रिया दिएका थिए  ।