फुटबल

मेक्सिकन लिजेन्ड एन्टोनियो कार्बजलको निधन

काठमाडौं ।  मेक्सिकन लिजेन्ड फुटबलर एन्टोनियो कार्बजलको ९३ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

पूर्व गोलकिपर कार्बजल पाँच विश्वकप खेल्ने पहिलो फुटबलर हुन् । कार्बजलले ब्राजिल (१९५०) स्विट्जरल्याण्ड (१९५४), स्वीडेन (१९५६) चिली (१९६२) र इंग्ल्याण्ड (१९६६)को विश्वकप खेलेका थिए ।

सन् १९९८ मा जर्मनीका लोथर म्याथसले बराबरी गर्नुअघि सम्म कार्बजल एक्लैको नाममा ३२ वर्षसम्म यो कीर्तिमान थियो । 

 कार्बजलले मेक्सिबकोका लागि लागि ४८ तथा क्लब स्तरमा चार सय नौ खेल खेलेका थिए।

कार्बजलको १८ वर्षको खेल करियरको अधिकांश समय मेक्सिकोको क्लब लियोनमा बित्यो, जहाँ उनले १६ वर्षको बसाईमा तीन सय ६४ खेल खेले।

लियोनले श्रद्धाञ्जलीका लागि कार्बजलको पार्थिव शरिरलाई बिहिबार आफ्नो स्टेडियममा राख्ने भएको छ ।

‘डन एन्टोनियो, महापुरूषहरू कहिल्यै मर्दैनन्,’ क्लब भनेको छ,‘तपाईं जस्तो खेलाडी पाउनु  सम्मानको कुरा हो। क्लब सम्पूर्ण समर्थकलाई अग्रह गर्न चाहन्छ  सम्मान र मायाका साथ  लिजेन्डलाई अन्तिम बिदाइ गरौं।’ 

कर्बजल र म्याथियससँगै मेक्सिकोका राफेल मार्क्वेज अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो मेक्सिकोका एन्ड्रेस गार्डाडोले पाँच विश्वक खेल्ने उपलब्धी हात पारेका छन् ।

‘पाँच फिफा विश्वकप खेल्ने पहिलो खेलाडी एन्टोनियो कार्बजलको निधन भएकोमा हामीले धेरै दुखित छौं,’फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने‘म फिफाकोतर्फबाट उहाँको परिवार तथा  मृत्यमा शोकाकुल सबै मेक्सिकन प्रशंसकहरूलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु ।’