आइपिएल

गुजरातमाथि कोलकाताको रोमाञ्चक जित

काठमाडौं । अन्तिम ओभरमा रिंकु सिंहले अन्तिम ओभरमा यश दयाललाई लागतार पाँच छक्का प्रहार गरेपछि कोलकाता नाइट्सराइर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा साविक विजेता गुजरात टाइटन्समाथि  तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।

यस जितसँगै कोलकाताले तीन खेलमा चार अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको गुजरात पनि समान खेलबाट चार अंक नै छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा आइतबार सम्पन्न खेलमा अन्तिम गुजतरातले प्रस्तुत गरेको दुई सय पाँच रचको लक्ष्य कोलकाताले अन्तिम बलमा सात विकेट गुमाउँदै भेट्टायो ।

कोकाताका लागि वेङ्कटेस अय्यरले ४० बलमा आठ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ८३ रन बनाए । यसैगरी रिंकुले २१ बलमा ६ छक्का र एक चौकको मद्दतमा अविजित ४८, कप्तान नितिश रानाले ४५ र रहमनुल्लाह गुर्वाजले १५ रन जोडे ।

तेस्रो विकेटका लागि वेङ्कटेस र नितिशले एक सय तथा आठौं विकेटका लागि रिन्कु र उमेश यादवले अविजित ५२ रनको साझेदारी गरेका थिए ।

१७ औं ओभरमा स्पिनर राशिद खानले ह्याट्रिक पूरा गरेपछि गुजरात जित नजिक पुगेको थियो ।  राशिदले ओभरको पहिलो बलमा आन्द्रे रसेललाई केएस भरतबाट क्याच दोस्रो बलमा सुनिल नारायणलाई जयन्त यादवलाबाट क्याच आउट गराउँदा तेस्रो बलमा शार्दुल ठाकुरलाई एलबिडब्ल्यु आउट गराएका थिए ।

गुजरातका लागि अज्जारी जोसेफले थप दुई तथा मोह्ममद सामी र जोसुवा लिटिलले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै दुई सय चार रनको योगफल तयार पारेको थियो ।

गुजरातका लागि विजय शंकरले २४ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा अविजित ६३ रन बनाए । यसैगरी शाई सुदर्शनले ३८ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५३, सुभमन गिलले ३९, ऋद्धिमान शाहले १७ र अविनभ मनोहरले रन जोडे ।

दोस्रो विकेटका लागि शाई र सुभमनले ६७ तथा पाँचौ विकेट लागि विजय र डेविड मिलरले अविजित ५१ रनको साझेदारी गरे ।

कोलकाताका लागि सुनिल नारायणले तीन तथा  सुयश शर्माले एक विकेट लिए ।