सहिद स्मारक ‘ए’ डिभिजन लिग

बराबरीमा रोकिए आर्मी र सातदोबाटो

काठमाडौं ।  सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले ३-३ को बराबरी खेलेका छन् ।

यस बराबरीसँगै सातदोबाटोले सात खेलमा खेलमा १३ अंक जोड्दा आर्मीको समान खेलबाट नौ अंक छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको चौंथो मिनेटमा जिलेस्पीजंग कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

२५ औं मिनेटमा आर्मीका सुरोज बस्नेतले आत्मघाती गोल गरेपछि खेल १-१ को स्थितिमा पुग्यो । ३९ औं मिनेटमा जिलेस्पीले व्यक्तिगत दोस्रो गर्दा आर्मी २-१ ले अघि बढ्यो ।

४८ औं मिनेटमा सार्दोरबेक माटमुरातोभले जावलाखेललाई २-२ को बराबरीमा ल्याए । ५२ औं मिनेटमा दीपक गुरुङले गोल गर्दै आर्मीलाई ३-२ ले अगाडी बढाएका थिए ।

८५ औं मिनेटमा सातदोबाटोका विलियम ओसीडुले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि खेल ३-३ को बराबरीमा सकियो ।