एसेस टेस्ट शृंखला

वार्नर एसेस टेस्ट शृंखलामा टोलीमा पर्ने सम्भावना न्युनः बेइली

सिड्नी । अस्ट्रेलियाका प्रमुख छनोटकर्ता जर्ज बेइलीले ओपनर डेविड वार्नर इङ्ल्यान्डविरुद्धको एसेस टेस्ट शृंखलामा टोलीमा पर्ने कुनै सम्भावना न्युन रहेको बताएका छन ।

फेर्बुअरीमा भारतविरुद्धको टेस्टको चार वटै इनिङमा स्वभाविक लय अनुरुपको प्रदर्शन गर्न नसकेका कारण टेस्ट टोलीमा वार्नरको स्थान अनिश्चित बनेको थियो ।

यसअघि अस्ट्रेलियाका प्रशिक्षक एन्ड्रियु म्याकडोनाल्डले भने वार्नर आप्mनो टोली रणतिनीमा पर्ने खेलाडी रहेको बताएका थिए । जुनमा अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दैछ । 

बेइलीले एसेस टेस्ट शृंखलामा वार्नर टोलीमा पर्ने निश्चित नभैसकेको बताए ।

‘वार्नर राम्रो खेलाडी हुन तर एसेस शृंखलामा उनी टोलीमा पर्छन नै भन्ने निश्चित छैन’,बेइलीले भने,'उनी अहिले स्वभाविक लयमा छैनन । त्यसैले टोलीले उनको स्थानमा अन्य उत्कृष्ट खेलाडीलाई अवसर दिन पनि सक्छ ।'

उस्मान ख्वाजासँग क्यामरुन ब्यानक्रफ्ट, मार्कुस ह्यारिसले ओपनरको भुमिका पाउने सम्भावना प्रबल रहको छ ।