एकदिवसीय क्रिकेट

दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हरायो

काठमाडौं । हेन्रिच क्लासेनको शतक प्रेरित दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा चार विकेटको जित निकालेको छ ।

दक्षिण अफ्रिकाको यस जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा सकिएको छ । पहिलो खेल वर्षाको कारण रद्ध हुँदा दोस्रो खेलमा वेस्ट इन्डिज ४८ रनले विजयी भएको थियो ।

सिनविस पार्कमा वेस्ट इन्डिजले प्रस्तु गरेको दुई सय ६१ रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

दक्षिण अप्रिकाका लागि क्लासेनले ६१ बलमा १५ चौका र पाँच छक्काको मद्दमा अविजित रहँदै सर्वाधिक एक सय १९ रन बनाए । यसैगरी मार्को जेनसनले ४३, कप्तामन एडिन मार्करमले २५ टोनी डि जोर्जीले २१, डेविड मिलले १७ र रस्सी भान डेर डुसेनले १४ रन जोडे ।

क्लासेनले छैटौं विकेटका लागि जेनसनसँथ एक सय तीन तथा पाँचौं विकेटका लागि मिलरसँग ५५ रनको साझेदारी गरे ।

वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले तीन, अकिल हुसेनले दुई तथा कायल मायर्सले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली वेस्ट इन्डिजले ४८.२ ओभरमा  सबै विकेट गुमाउँदै दुई सय ६० रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका लागि ब्रेन्डोन किङ्गले ७२ बलमा ११ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ७२ रन बनाए । यसैगरी निकोलस पुरनले ३९, जेसन होल्डरले ३६, सम्रराह ब्रुक्सले १८,ओडियन स्मिथले १७,  कप्तान शाइ होपले १६ तथा अकिल हुसेन र कायल मायर्सले समान १४ रन जोडे ।

दोस्रो विकेटका लागि किङ्ग र ब्रुकले ७७ रनको साझेदारी गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि मार्को जेनसन, जेराल्ड कोएट्जी र ब्रोजन फर्ट्युनले समान दुई तथा लुंगी एनगिडी, वाइने पार्नेल र एडिन मार्करमले समान एक विकेट लिए ।