वैशाख ३०, २०८२ मंगलबार | १०:५६:२७
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

नेपाल र लाओस भिड्दै

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उद्घाटन आज (बुधबार) हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा घरेलु टोली नेपाल र लाओसबीच प्रतिस्पर्धा हुनेछ । खेल साझ ६ बजेबाट सुरु हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एल्बर्टाे एनासीले भुटान र लाओसलाई वरीयताका आधारमा कमजोर आँकलन नगर्ने बताएका छन् । ‘यो फुटबल हो, जे पनि हुन सक्छ । भुटान र लाओसलाई कम आकलन गरेका छैनौं,’एनासीले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा जित्नु हो । यी खेलले साफका लागि हामीलाई निक्कै सहयोग पुर्याउनेछ ।’

प्रतियोगिताको एक दिनअघि मात्र आज एन्फाले २३ सदस्यीय टोलीको औपचारिक घोषणा गरेको छ । टोलीमा घाइते अञ्जन विष्टले स्थान बनाएका छन् । उनी हरि खड्का र निराजन रायमाझिको नाममा रहेको १३ गोलको कीर्तिमान तोड्ने योजनामा छन् । हालसम्म अञ्जनले ११ गोल गरिसकेका छन् ।

नेपाली टोलीमा ६ नयाँ अनुहार छन् । गोलकिपर अभिषेक बराल, रक्षक पदम भट्टराई, मिडफिल्डर सुमित श्रेष्ठ, मणिकुमार लामा, सनिस श्रेष्ठ र स्ट्राइकर दीपकराज सिंह ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् ।

यस्तै, लामो समयपछि रक्षक आदित्य चौधरी र स्ट्राइकर भरत खवासले पुनरामगन गर्न सफल भएका छन् । विदेशमा फुटबल खेलिरहेका रोहित चन्द र कप्तान किरणकुमार लिम्बूसमेत टोलीमा समावेश भएका छन् ।

प्रशिक्षक एनासीले तीन दिनको तयारी राम्रो भएको र नयाँ चुनौती सामना गर्न तयार रहेको बताए । साथै घरेलु लिगमा खेलाडीहरुको प्रदर्शनलाई प्रत्यक्ष रुपमा हेरेकाले राम्रा खेलाडीहरु छान्न पाएको बताए ।

‘तयारी राम्रो छ । हामीसँग धेरै नयाँ अनुहारहरु छन् । म १८ दिनयता नेपालमै छु । लिगका दौरान ४५ र ४५ मिनेट छुट्टाएर प्रायः सबै खेल भ्याएको छु । त्यसैले मलाई विश्वास छ, मैले पोजेसन अनुसार राम्रा खेलाडी छानेको छु । धेरै खेलाडी चोटका कारण टोलीमा परेका छैनन् । मैले पूरा ९० मिनेट खेल्न सकेका खेलाडीलाई प्राथमिकता दिएको छु । एउटा मात्रै गुण भएकालाई भन्दा धेरै गुण भएका खेलाडीहरु टोलीमा परेका छन्,’ एनासीले भने ।

त्यस्तै एनासीले अञ्जन विष्ट पूर्ण रुपमा फिट रहेको पनि बताए । अञ्जन पछिल्लो केही दिनयता चोटबाट संघर्षरत छन् । त्यही कारण उनले थ्री नेसन्स कप गुमाउने अनुमान गरिएको थियो ।

कप्तान तथा गोलकिपर किरण चेम्जोङले भने प्रशिक्षण समय कम पाएता पनि चुनौतीको सामना गर्न तयार रहेको बताए ।

‘प्रशिक्षण गर्न पर्याप्त समय नपाएका कारण चुनौती छ । तर, यसको सामना गर्न तयार छौँ । शारीरिक रुपमा खेलाडीहरु पूर्ण रुपमा फिट छन् । मात्र उनीहरुलाई मानसिक रुपमा तयार गर्नुपर्ने छ,’ किरणले भने, ‘मलाई लाग्छ, लाओसको टोली एकदमै राम्रो छ । भुटानको कुरा गर्दा पनि त्यही हो, फुटबलमा धेरै सुधार गरेका छन् । अहिले नै जित्छु भन्ने भन्दा पनि राम्रो दिने कोशिश गर्छौं।’

आजबाट सुरु प्रतियोगिता १७ चैतसम्म दशरथ रंगशालामा  हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । सिंगल राउन्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर, दोस्रोले तीन हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले दुई सय ५० डलर पाउने छन् ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP