ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

बंगलादेशलाई ट्वान्टी-२० शृंखला

काठमडौं । इङ्ल्यान्डलाई आइतबार सम्पन्न दोस्रो खेलमा चार विकेटले पराजित गर्दै घरेलु टोली बंगलादेशले एक खेल अगावै ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।

यस जितसँगै बंगालदेशले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा बंगालदेश ६ विकेटले विजयी भएको थियो ।

मिरपुरस्थित शेर बंगाल नेसनल स्टेडियममा इङ्ल्यान्डले प्रस्तुत गरेको एक सय १८ रनको लक्ष्य बंगलादेशले १८.५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

बंगलादेशका लागि नजमुल हुसेन सान्तोले ४७ बलमा तीन चौकाको मद्दतले अविजित ४६ रन जोडे । यसैगरी मेहदी हसनले २० र तौहिद हृदयले १६ रन बनाए ।

इङ्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन तथा साम करन, मोइन अली र रहिम अहमदले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि बेन डुकेटले सर्वाधिक २८ रन बनाए । यसैगरी फिल साल्टले २५, मोइन अलीले १५, साम करनले १२ र रहिम अहमदले ११ रन जोड ।

बंगलादेशका लागि मेहदी हसनले चार तथा तस्किन अहमद, मुस्ताफिजुर रहिम, साकिब अल हसन र हसन महम्मदले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।