पोखरा पहिलो जितको खोजीमा 

काठमाडौं, (खेलाडी)-  एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आज ( मंगलबार) काठमाडौं किग्स इलेभन र पोखरा राइनोजबीच खेल हुँदैछ । 

स्पिनर सन्दिप लामिछानेको कप्तानीमा रहेको काठमाडौं प्रतियोगितामा दोस्रो जितको खोजीमा हुनेछ । काठमाडौंले शनिबार पहिलो खेलमा ललितपुर पेट्रियट्सलाई सात विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ । 

यसअघि साेमबार ओसिलो मैदानका कारण खेल सम्भव नहुँदा काठमाडौं र विराटनगर वारियर्स खेल स्थिगित गर्न सहमत भएका थिए । वर्षाले प्रभावित बनेपछि भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको दोस्रो खेल पनि स्थिगित भयो ।

यता आइतबार वर्षाका काण खेल रोकिएपछि भैरहवासँग अंक बाँडेको विनोद भण्डारीको कप्ताानीमा रहेको पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा छ ।