महिलातर्फका खेलहरु आजबाट, एपिएफ र ढोरपाटन भिड्दै 

काठमाडौं, (खेलाडी)-  राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपमा आजबाट महिलातर्फका खेलहरु सुरु हुँदैछ । 

प्रतियोगितको छैटौं संस्करण आइतबारबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको थियो ।

महिलातर्फको पहिलो खेलमा एपिएफ र ढोरपाटन स्पोटर्स क्लबबीच हुनेछ । खेल बिहान ८ बजे सुरु हुनेछ । 

प्रतियोगिता अन्तर्गत आज महिलातर्फ दुई र  पुरुषतर्फ पनि चार वटा खेलहरु हुनेछ ।