आइसिसी लिग टु

पिएनजीले दियो युएईलाई दुई सय ४७ रनको लक्ष्य

 काठमाडौं । पपुवा न्युगिनी ( पिएनजी) ले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो दोस्रो खेलमा युएईसामू दुई सय ४७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल तयार पारेको थियो ।

पिएनजीका लागि सेसे बाउले एक सय ६ बलमा १० चौकका मद्दतमा अविजित ८१ रन बनाए । यसैगरी हिरी हिरीले ८५ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ७७, किप्लिन डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्का मद्दतमा ५५  तथा चाड सोपार र नोर्मन भानुआले समान १० रन जोडे । 

दोस्रो विकेटका लागि बाउ र हिरीले एक सय १२ तथा पहिलो विकेटका लागि हिरी र डोरिगताले ७२ रनको साझेदारी गरेका थिए ।

युएईका लागि आयन अफ्जल खानले तीन, जुनैद सिद्धिकी र जाहुर खानले समान दुई तथा  रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान एक विकेट लिए ।

पिएनजी बिहिबारसम्पन्न खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो ।

पिएनजी युएईविरुद्ध जित लयलाई निरन्तरता दिने लक्ष्यमा छ । हालै मात्र युएई भ्रमणमा पपुवा न्युगिनीले दुवै खेलमा युएईलाई हराएको थियो । युएईविरुद्ध दुवै खेलमा पपुवा न्युनिगी पूर्ण रुपमा हाबी भएको थियो ।

दुवै खेलमा पपुवा न्युगिनीलाई हराएको युएई जितसहित कम्तीमा एक दिवसीय मान्यता जोगाउने लक्ष्यमा छ ।

पिएनजी ३३ खेलमा ९ अंकका साथ सातौं स्थानमा छ । पाँचौ स्थनको नेपालको समान खेलमा ३४ र छैटौं स्थानको युएईको ३२ खेलमा ३१ अंक छ ।