काठमाडौं र विराटनगरको खेल  रद्द

काठमााडौं, (खेलाडी)-  आसिलो मैदानका कारण खेल सम्भव नभएपछि एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभन र विराटनर वारियर्सबीचको खेल रद्द भएको छ ।

आइतबार वर्षाकै कारण पोखरा राइनोज र भैरहवा ग्ल्याडियर्सबीचको खेल पनि रद्द भएको थियो । दुवै टोलीले एक अंक बाँडेका थिए ।

काठमाडौंले शनिबार पहिलो खेलमा ललितपुर पेट्रियट्सलाई सात विकेटले हराएको थियो । यता विराटनगर आइतबार चितवन टाइगर्ससँग दुई विकेटले पराजित भएको थियो ।