भैरहवाकाे लक्ष्यमा लगातार दोस्रो दिन वर्षा बाधक

काठमााडौं, (खेलाडी)- एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सको जितको लक्ष्यमा लगातार दोस्रो दिन वर्षा बाधक बन्यो ।

सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिनको दोस्रो खेल वर्षाले प्रभावित भएपछि भेैरहवाको लक्ष्यले दोस्रो दिन पनि पूर्णता पाएन । लगातार वर्षाका कारण  भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीच तय खेल रद्द भयाे ।

भैरहवाले वर्षा बाधक बन्दा आइतबार पहिलो खेलमा पोखरा राइनोजसँग अंक बाँडेकाे थियाे ।

यसअघि सोमबार ओसिलो मैदानका कारण विराटनगर वारियर्स र काठमाडौ किंग्स इलेभनबीचकाे  पहिलाे खेल पनि रद्द भएको थियो ।

चितवनले आइतबार पहिलो खेलमा विराटनगरलाई दुई विकेटले हराएको थियो ।