पुलिसकाे जित यात्रा निरन्तर

काठमाडौं,(खेलाडी) - नेपाल पुलिस क्लबले राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप ) को कभर्डहलमा  सोमबार भएको  समूह बी को खेलमा पुलिसले कपिलवस्तुको मणीमुकुन्द भलिबल क्लबलाई २५-१४,२५-१५,२५-१७ को सोझो सेटमा पराजित ग¥यो ।

यसअघि पुलिसले आइतबार पहिलो खेलमा दावाँली मिलन क्लबलाई हराएको थियो । दुई खेलमा शतप्रतिशत नजिता ल्याएको पुलिस ६ अंकका साथ शीर्ष स्थानमा छ । 

यस्तै सोमबार भएको तेस्रो खेलमा गण्डकी प्रदेशले दावाँली  मिलन क्लबलाई ३–१ सेटले पराजित गरेको थियो । समूह बी को खेलमा गण्डकीले २५-१२, २५-२२, २०-२५ ,२६-२५ को जित हात पारेको हो ।