हेल्प नेपालको सुखद सुरुआत, गल्कोटको दोस्रो जित

काठमाडौं, (खेलाडी)-  हेल्प नेपाल र गल्कोट स्पोर्ट्स क्लबले राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपमा सुखद सुरुआत गरेका छन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा हेल्प नेपालले बागमतीलाई २५-१६, २५-१३, २५-१२ को सोझो सेटमा हरायो । समूह ’ए’ को हेल्प नेपालले एक खेलबाट ३ अंक जोडेको छ । 

दोस्रो खेलमा गल्कोट स्पोर्ट्स क्लबले प्रदेश २ लाई  २५-२३, २५-२१, २५-१८ ले हराउदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्यो । 

जितसँगै समूह ’ए’ को गल्कोटले दुई खेलबाट ६ अंक जोडेको छ । यसअघि गल्कोटले बागमती प्रदेशलाई सोझो सेटमा हराएको थियो । बागमती भने दुई खेलबाट अंकबिहिन रहेको छ । 

प्रतियोगिता तेस्रो खेलमा गण्डकी प्रदेश र दावली मिलन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।