नेपाल क्रिकेट संघ

यु-१९ टोलीको कप्तानमा देव खनाल

फाइल तस्बिर

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले देव खनाललाई यु-१९ टोलीको कप्तान चयन गरेको छ । देवले यसअघि पनि यु-१९ टोली कप्तानी गरिसकेका छन् ।

क्यानले यसअघि कप्तान तोकिएका गुल्सन झा आइसिसी विश्कव लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि सिनियर टोलीसँग युएई जाने भएकाले देवलाई कप्तान चयन गरेको बताएको छ ।

गुल्सनको स्थानमा आकाश चन्दलाई टोलीमा बोलाइएको क्यानले जनाएको छ । 

यसअघि पोखरामा बसेको क्यान बोर्ड बैठकले गुल्सनलाई गुल्सन झालाई कप्तान तथा दिपेश कँडेललाई उपकप्तान चयन गर्ने निर्णय गरेको थियो ।

नेपालले युएईमा आइसिसी यु-१९ विश्वकप एसिया छनोट खेल्दैछ । प्रतियोगिताका लागि नेपाली टोली बुधबार युएई प्रस्थान गर्नेछ । 

सार्वजनिक खेल तालिका अनुसार नेपालले फेब्रुअरी २४ मा सिंगापुरसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

यसैगरी नेपालले फेब्रअरी २५ मा कुबेत, फेब्रअरी २७ मा हङकङ,फेब्रअरी २८ मा मलेसिया तथा मार्च २ मा घरेलु टोली युएईको समाना गर्नेछन । सबै खेलहरु नेपाली समयअनुसार बिहान १०ः ४५ मा हुनेछन् ।

राउण्ड रोबिन पद्धतीमा  हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकपका लागि छनोट हुनेछ ।

नेपाली टोली

देव खनाल(कप्तान), दुर्गेश गुप्त, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दीपक बोहरा, आकाश त्रिपाठी,  उत्तम थापा मगर, दिपेश कँडेल (उपकप्तान), सुवास भण्डारी, दीपक बोहरा, विशाल विक्रम केसी, मिलन बोहरा, दीपक डुम्रे