रोहित शर्मा

रोहितले अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय गुमाउने

काठमाडौं । भारतका कप्तान रोहित शर्माले अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल गुमाउने भएका छन् ।

पारिवारीक कारणले रोहित मार्च १६ मा  मुम्बईमा हुने खेलमा अनुपस्थित हुने भएका हुन् ।  

रोहितको अनुपस्थितिमा टोलीको कप्तानी उपकप्तान हार्दिक पण्ड्याले गर्ने छन् । हार्दिकले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी गर्न लागेका हुन् ।

भारत र अस्ट्रेलियाबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला  हुनेछ ।  

अहिले भारत र अस्ट्रेलियाबीच चार टेस्टको शृंखला चलिरहेको छ । शृंखलाको दुई खेल समाप्त हुँदा घरेलु टोली भारतले २-० को अग्रता लिएको छ ।