एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

आर्मी सेमिफाइनलमा

फाइल फोटो

काठमाडौं ।  साबिकको विजेता विजेता त्रिभुवन आर्मी क्लब सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिपफाइनलमा प्रवेश गरेको छ ।

आर्मीले   त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको विभागीय टोली आर्मीले दोस्रो सेट २१–२५ ले गुमाएको थियो । त्यसपछिका दुई सेट २५–१० र २६–२४ ले आफ्नो पक्षमा पर्दै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्मीले  समूह ‘ए’ को विजेता तथा गण्डकीले समूह ‘सी’ को उपविजेताका रुपमा क्वार्टरफाइनलमा स्थान बनाएका थिए ।