म्यानचेस्टर युनाइटेड

डच स्ट्राइकर वेगहर्स्ट अुनबन्धका लागि म्याचेस्टर युनाइटेड सहमत

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लबल म्यानचेस्टर युनाइटेडले नेदरल्यान्ड्सका स्ट्राइकर वेइग वेगहर्स्ट अनुबन्धका लागि सहमत भएको छ ।

युनाइटेड वेइगलाई सिजनको बाँकी खेलका लागि लोनमा अनुबन्ध गर्न सहमत भएको हो ।

प्रिमियर लिगको अर्को बर्नेलीका स्ट्राइकर वेइगले सिजनको आधा समय बेसिकटासमा बिताए तर सम्झौता पूरा हुनु अघि मेडिकलको लागि म्यानचेस्टर जाँदै छन् ।

टर्किस क्लबसँग उनको लोन समाप्त गर्न सम्झौता भएको छ । वेइगले बेसिकटासका लागि १६ लिग खेलमा आठ गोल गर्नुका साथ चार गोलका लिग अवसर सिर्जना गरेका थिए ।


 पोर्चिगिज स्टार क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता सकिपछि नयाँ स्ट्राइकरको खोजिमा रहेका प्रशिक्षक इरिन टेन हागका लागि पनि डचम्यान वेइगको आगमनले केही राहत दिनेछ ।


३० वर्षिय वेइगले कतार विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाविरुद्धको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सका लागि दुई गोल गरेका थिए ।