क्यामरुन नोरी

नोरी फाइनलमा

काठमाडौं बेलायती टेनिस स्टार क्यामरुन नोरीले अकल्यान्डमा भएको एएसबी क्लासिकको फाइनलमा स्थान बनाएका छन् ।


विश्व नम्बर १२ नोरीले सेमिफाइनलमा अमेरिकी जेन्सन ब्रुक्सबीलाई  २–० को सोझो सेटमा पराजित गरेका हुन् ।

नोरीले खेल ६–३, ६–४ ले आफ्ना पक्षमा पारेका थिए । अब उनले शनिबार हुने फाइनलमा फ्रान्सका रिचर्ड गास्केटको सामना गर्नेछन् ।

गास्टेकले सेमिफाइनलमा आफ्नै देशका कन्स्ट्यान्ट लेस्टिनबाट वाकओभर पाएका थिए । लेस्टिनले चोटका कारण सेमिफाइनल नखेल्ने निर्णय गरेका थिए ।