मुख्यमन्त्री कप भलिबल

मुख्यमन्त्री कप: आर्मी र पुलिस क्लब उपाधिकाे लागी भिड्दै

काठमाडौं । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिकोलागी प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–२ को सेटले पराजित गर्दै पुलिसले आर्मीसँगको भेट पक्का गर्यो ।

पुलिसले गण्डकीमाथि २५–१६, २५–१९, २२–२५, २३–२५, १५–१२ ले जित निकाल्यो । खेलको म्यान अफ द म्याच पुलिस क्लबका रविन चन्द घाेषित भए।

यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २५–२१, २५–१६, २४–२६, २५–१८ ले जित्दै फाइनलमा स्थान पक्क गरिसकेको थियो ।

फाइनल खेल शनिबार बिहान ९ बजे हुनेछ ।

प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।