पिएम कप

पिएम कपलाई सिटिएलको साथ

काठमाडौं । नेपालगञ्जमा आयोजना हुने प्रधानमन्त्री (पिएम) कप महिला भलिबल प्रतियोगितालाई अन्तर्राष्ट्रिय खेलकुद पोशाक ब्रान्ड युक्यानको नेपालस्थित आधिकारिक बिक्रेता सिटिएलले प्रायोजन गर्ने भएको छ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने पिएम कपको आठौं संस्करणको लागि सिटिएलका प्रबन्ध निर्देशक राजन महर्जन र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगातविक्रम शाहले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार सिटिएलले प्रतियोगिताका लागि आवश्यक पोशाक उपलब्ध गराउनेछ । यस्तै, आयोजक टोली लुम्बिनी युनाइटेड, आयोजक समिति, रेफ्री, अफिसियल र स्वयंसेवकका लागि आवश्यक टिसर्ट प्रदान गर्नेछ ।

प्रतियोगिताको मार्केटिङ, ब्रान्डिङ तथा व्यवस्थापनको काम क्रियटिभ गन्जले गरिरहेको छ ।

सम्झौतापछि क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर शाहले युक्यान जस्तो अन्तर्राष्ट्रिय ब्राण्डलाई नेपालगन्जमा भित्र्याउन पाउनु उपलब्धिमुलक हुने बताए ।  

यसअघि बाँके भलिबल संघले खेलाडीको हस्पिटालिटीदेखि पोशाक स्तर, सबै टोली तथा अफिसियलको लागि पाँच तारे होटल सेन्ट्रल प्लाजासँग सम्झौता गरिसकेको छ ।