भलिबल

प्रधानमन्त्री कपलाई सेन्ट्रल प्लाजाको साथ

काठमाडौं । पाँच तारे होटल सेन्ट्रल प्लाजाले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सहभागी टोली तथा अफिसियललाई आवास तथा भोजनको व्यवस्थापन गर्ने भएको छ ।

नेपालगन्ज रंगशालाको कभर्डहलमा चैत १० देखि १४ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि शुक्रबार भएको सम्झौतामा सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै सेन्ट्रल प्लाजाका महाप्रबन्धक समीर भी कुमारले प्रधानमन्त्री कपजस्तो प्रतिष्ठित प्रतियोगितामा सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

‘खेलपर्यटन पनि समग्र पर्यटनको विकास एवं आर्थिक समृद्धिको आधार भएको हुँदा प्रधानमन्त्री कपसँग सहकार्य गरेका हौं,’ उनले भने ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा हुन गइरहेको प्रधानमन्त्री कपको आठौ संस्करणका खेल नेपालगन्जमा तथा आवास भने कोहलपुर हुँदा दुवै ठाउँको आर्थिक पक्ष चलायमान हुने अध्यक्ष ठकुरीले बताए ।

साथै यस प्रतियोगितामा देशका चर्चित क्लबहरुसँगै भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको आयोजकले जानकारी दिएको छ ।

यस प्रतियोगिताको गत संस्करणको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको थियो ।