एनाटोली टिमोस्चुकमाथि युक्रेनको आजीवन प्रतिबन्ध

किभ । युक्रनेले राष्ट्रिय फुटबल क्लबका पूर्व कप्तान एनाटोली टिमोस्चुकलाई फुटबलका गतिविधीहरुमा संलग्न हुनबाट आजीवन प्रतिबन्ध लगाएको छ ।

रुसी क्लब जेनिटमा सहायक प्रशिक्षकका रुपमा काम गरिरहेका कारण उनलाई प्रतिबन्ध लगाएको हो ।

युक्रेन फुटबल संघ (युएएफ) ले उनको कोचिङ लाइसेन्स खोस्नुका साथै मैदानमा उनले पाएको मान्यता, जितेका रजत पदक र अन्तर्राष्ट्रिय खेलको एक सय ४४ क्याप पनि खोसेको छ ।

बुधबार युएफएले एक विज्ञप्ति जारी गर्दै टिमोस्चकले युक्रेनको आचारसंहिता मिचेको र नैतिकताको विपरित गएर युक्रेनीयन फुटबलको छवि बिगारेको समेत आरोप लगाएको थियो ।

४२ वर्षका टिमोस्चकले सन् २०१३ मा बार्यन म्युनिखबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए । जर्मनीबाट चार वर्ष खेलेका उनले २०१६ मा रसियन प्रिमियर लिग क्लब जेनिटमा प्रशिक्षण गराइरहेका छन् ।

‘रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेदेखि युक्रेनी राष्ट्रिय टोलीका पूर्व कप्तान टिमोस्चुकले यो विषयमा कुनै सार्वजनिक बयान दिएका छैनन् । नत आक्रमणको रुसको क्लबमा काम गर्न रोकेका छन्,’ युएफएले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘टिमोस्चुकले युक्रेनी फुटबलको छवि बिगारेका छन् ।’

सन् २००० देखि २०१६ सम्म युक्रेनको राष्ट्रिय टोलीबाट खेलेका टिमोस्चकले युक्रेनीयन प्रिमियर लिग, युक्रेनीयन कप र युक्रेनीयन सुपर कपको उपाधि जितेका थिए ।