एन्टोनियो बने वेस्ट ह्यामका सर्वाधिक गोलकर्ता

लण्डन, (खेलाडी) – इङ्लिस क्लब वेस्ट ह्याम युनाइटेडका मिचेल एन्टोनियो क्लबका  सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छन् । घरेलु मैदानमा सोमबार राति लेस्टर सिटीविरुद्धको खेलमा दुई गोल गरेसँगै एन्टोनियोले कीर्तिमान बनाएका हुन् । एन्टोनियोको दुई गोलप्रेरित वेस्ट ह्यामले लेस्टरलाई ४–० गोलको नतिजामा पराजित गरेको थियो ।

वेस्ट ह्यामका लागि एन्टोनियोले ४८औं गोल गरेपछि एन्टोनियोले आफ्नै कार्डबोर्ड देखाउँदै सर्वाधिक गोलकर्ता बनेको खुशी मनाएका थिए । एन्टोनियोले यसअघि पाओलो डी क्यानियोको नाममा रहेको कीर्तिमान तोडेका हुन् । पाओलोले वेस्ट ह्यामबाट १ सय १८ खेल खेल्दै ४७ गोल गरेका थिए ।

लेस्टरविरुद्ध ४–१ को जित निकाल्दा एन्टोनियोले दुई गोल गरे । यो सँगै वेस्टह्यामका सर्वाधिक गोलकर्ता बनेका एन्टोनियोले क्लबबाट गरेको गोलसंख्या ४९ पुर्याएका छन् । लेस्टरविरुद्ध सहज जित निकाल्दा वेस्ट ह्यामका लागि थप दुई गोल पाब्लो फोमल्स र सेड बेनर्माले एक÷एक गोल गरे । लेस्टरका योरी टिलेमन्सले एक गोल फर्काए ।