आहा रारा गोल्डकप
Flash News
- इङ्ल्यान्डले जितेको पहिलो आइसिसी उपाधि
- कसरी जित्यो इन्टर मिलानले लिग ?
- यु-टर्न भए बार्सिलोना प्रशिक्षक जाभी
- सचिन तेन्दुलकरको आत्मकथा ‘प्लेइङ इट माइ वे’
- महिला फुटबल लिग छनोटको ‘दयनीय’ पारा
- वेस्ट इन्डिजसँग नेपाललाई गल्ती सुधार्ने अवसर
- दशरथ रंगशालामा लामो कपालको चर्चा
- महिला फुटबल लिगको ‘दयनीय’ पारा
- सिन्धुपाल्चोक जिल्ला लिगः साँगाचोकको सहज जित
- कोर्स रेकर्डसहित निरज च्याम्पियन
वैशाख १५, २०८१
काठमाडौं । आयोजक सहारा एकेडेमीलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।
पोखरा रंगशालामा बिना दर्शक खेलाइएको खेलमा आयोजकमाथि सहज जित निकालेको एपिएफले सेमिफाइनल प्रवेशका लागि भुटनीज युथ सकर क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
आभाष लामिछानेले खेलको १४औं मिनेटमा १८ यार्ड बक्स बाहिरबाट एकल प्रयासमा सुन्दर गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि आयोजकमाथि दबाब बनाएको एपिएफका लागि ६०औं मिनेटमा प्रदीप लामाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।
हारसँगै आयोजक सहारा क्लब प्रि-क्वाटरफाइनलबाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
१५ माघसम्म हुने प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ ।