अस्ट्रेलियन ओपन

तेस्रो चरणबाटै बाहिरिए मेडभेडेभ

काठमाडौं । रसियन टेनिस स्टार ड्यानियल मेडभेडेभ वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रयितोगिता अस्ट्रेलियन ओपनको तेस्रो चरबाटै बाहिरिएका छन् ।  

मेडभेडेभ शुक्रबार सम्पन्न  खेलमा अमेरिकाका सेवास्टियन कोर्डासँग ३-० को साझो सेटमा पराजित भएका हुन् ।

मेडभेडेभले  मेलबर्नस्थित रोड लेभर एरिनामा खेल ६-७ (७-९), ३-६ र ६-७ (४-७) ले गुमाएका हुन् ।

मेडभेडेभ घरेलु खेलाडी जोन मिलिम्यानलाई  ७-५, ६-२ र ६-२ तथा कोर्डा जापानका योसुकी वातानुकीलाई ६-२, ७-४ र ६-४ ले पराजित गर्दै तेस्रो चारणमा प्रवेश गरेका थिए ।

कोर्डाले चौथो चरणमा पोल्यान्डका होबर्ट हुर्काजको सामना गर्नेछन् । हुर्काजले क्यानडाका डेनिस शपोभालोभलाई ७-६(७-३, ६-४, १-६, ४-६ र ६-३ ले पराजित गर्दै चौथो चरणमा स्थान सुरक्षित गरेका थिए ।