ड्यानी अल्भेस

ब्राजिलियन रक्षक अल्भेस पक्राउ

काठमाडौं । ब्राजिलियन रक्षक ड्यानी अल्भेस स्पेनमा पक्राउ परेका छन् । महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनको  प्रहरीले शुक्रबार ड्यानीलाई पक्राउ गरेको हो ।

बार्सिलोनाका पूर्व रक्षक अल्भेसमाथि गत डिसेम्बर ३० मा नाइट क्लबमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप छ।

शुक्रबार प्रहरीमा उपस्थित भएका  ३९ वर्षिय अल्भेसले नाइट क्लबमा उपस्थित भएपनि आफुले दुर्व्यवहार नगरेको दाबी गरेका छन्

अल्भेसलाई बार्सिलोनाको सिउटाट डे ला जस्टिसियामा लगिनेछ । त्यहाँ उनी अदालतको सुनुवाइमा उपस्थित हुनेछन् ।

अल्भेस अहिले मेक्सिकोको क्लब युनिभर्सिटी नेशनल ( पुमास) मा आवद्ध छन् ।