डिसीए कप

डिसीए कप: बात्साल्या र लिटिल फ्लावर विजयी

धनगढी । धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डिसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्टमा कञ्चनपुरको वात्साल्या विद्या निकेतन र लिटिल फ्लावर इङ्लिस स्कुलले जित हात पारेका छन् ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाल्साल्याले कैलाली विद्या निकेतनलाई ६ विकेटले हराएको थियो । विद्या निकेतनेल प्रस्तुत गरेको ५९ रनको लक्ष्य बात्साल्यले ६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भट्टायो ।

बात्साल्यका लागि विक्रम चन्दले २६ र रोहन दियालले सात  रन जोडे।  विद्या निकेतनका  मुकेश साहले तीन विकेट  लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको विद्या निकेतनले ५८ रनको  योगफल तयार पारेको थियो । उसका मुकेश शाहले १९ र निशान उपाध्यायले नौ रन जोडे ।  बात्साल्याका विक्रम चन्दले  चार तथा निरज सिंह कार्कीले तीन विकेट लिए ।

दोस्रो खेलमा खेलमा लिटिल फ्लावरलेले त्रिनगर सेकेन्डरी स्कुलमाथि  १० विकेटको शानदार जित निकाल्यो । त्रिनगरले प्रस्तुत गरेको ४८ रनको लक्ष्य लिटिल फ्लावरले ३.२ ओभरमा कुनै पनि विकेट नगुमाइ भेट्टायो । लिटिल फ्लावरका लागि आरिष बोहले ३० तथा यशकुमार कठायतले आठ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको त्रिनगरले ११.६ ओभरमा सबै विकेट गुमाउँदै ४७ रनको योगफल तयार पारेको थियो । त्रिनगरका लागि प्रेम कुन्जेडाले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले ले दोहोरो अंक जोड्न सकेनन ।

लिटिल फ्लावरका रोशन रावल र सुवोध तिवारीले समान तीन तथा  सचिन भट्ट र आशिष साहुले समान दुई विकेट लिए ।