बुद्धिचाल

आरसिटी चेसः रुपेशलाई एकल अग्रता

 काठमाडौं । अन्नपूर्ण  क्लब (आरसिटी) को ९० औं बार्षिकोत्सवको उपलक्ष्यमा अन्नपूर्ण  क्लब (आरसिटी) खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको  तेस्रो  दिन छैटौं र सातौ  चरणको खेल सम्पन्न भएको छ ।

प्रतियोगिताको तेस्रो दिन समाप्त हुँदा हुँदा फिडे मास्टर रुपेश जैसवालले एकल अग्रता लिएका छन्। उत्कृष्ट लयमा रहेका रुपेशले छैटौं चरणको खेलमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामा तथा सातौ चरणको खेलमा काठमाडौका सुमन लामामाथि कठिन जीत निकाले । उनी पूर्ण सात अंक हासिल गरि शीर्ष स्थानमा रहेका हुन्

यसैगरी अर्का फिडे मास्टर क्षितिज भण्डारी, नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं , भगवती प्रसाद शर्मा र सरोज महर्जन ६ अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमा रहेर  रुपेशलनई पछ्याइ रहेका छन्।

क्षितिजले सातौ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन पुण्यमान कर्माचार्यलांई र छैटौं चरणको खेलमा प्युठानका श्री कृष्ण श्रेष्ठलाई पन्छाउन सफल भए भने राम्रो प्रदर्शन गरेका छैटौं चरणमा भेट्रान खेलाडी सीताराम अग्रवाललाई हराउन सफल भए भने सातौ चरणमा काठमाडौका सुदिप तामाङलाई निराश बनाए। भगवतीले काठमाडौंका सुमन मोक्तान र सातै चरणको खेलमा लमजुङका सविन चन्द्र घिमिरे माथी सफलता हात पारे।

यसैगरी लयमा रहेका ललितपुरका सरोज महर्जन दुवै खेलमा सफलता हात पारे । उनेले छैटौं चरणको खेलमा उदियमान खेलाडी पुरुषोत्तम सिलवाल पन्छाए भने सातौ चरणको खेलमा सुरवीर लामा माथी सफलता हात पारे।

ललितपुरका सजिन महर्ज, दोलखाका राजिव कार्की र दिपक महर्जनको साढे ५ अंक रहेका छन्।

अन्नपूर्ण क्लबको आयोजनामा ज्याठा स्थित  अन्नपूर्ण माविको हलमा संचालन भएको प्रतियोगितामा महिलातर्फ काठमाडौका विनिता कपालीले ५ अंक जोडेर शीर्ष स्थानमा रहेकी छन्। उनलाई सिन्दीरा जोशीले ४ अंक लिई पछ्याई रहेकी छन्।

प्रतियोगिता अन्तर्गत शनिबार आठौं र फाइनल चरणको खेल हुनेछ ।