आइसिसी महिला यु-१९ टी २० विश्वकप

इन्डोनेसियाले जिम्बाब्वेलाई हरायो

काठमाडौं ।  इन्डोनेसियाले आइसिसी महिला यु-१९ टी २० विश्वकपमा पहिलो जित निकालेको  छ ।

इन्डोनेसियाले विलोमुरे पार्कमा शुक्रबार सम्पन्न प्ले अफ खेलमा तीन विकेटको जित हात पारेको हो ।

जिम्बाब्वेले प्रस्तुत गरेको ८७ रनको लक्ष्य इन्डोनेसियाले १८ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो । इन्डोनेसियाका लागि कप्तान नि लुह डिवी र त्रिशैना विओले समान १४, नि सुर्नियासिह अविजित १२ र  गुस्टि उलनसरीले १० रन जोडे ।

जिम्बाब्वेका लागि केलिस एनधलोवु र चिपो मोयोले सममान तीन तथा ड्यानिली मिकेलले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ राजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८६ रनको योगफलत तयार पारेको थियो । जिम्बाब्वेका लागि ड्यानिल मिकेल र तवनन्याशा मारुमनीले समान २०, एडेल जिमुनुले १३ र केली एन्डिरायाले १० रन जोडे ।

इन्डोनेसियाका लागि नि लुह डिवीले पाँच, नि एरियनीले दुई तथा देसी वुलान्दरीले एक विकेट लिए ।

शुक्रबार नै सम्पन्न खेलमा स्कटल्यान्डले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो ।