अस्ट्रेलियन ओपन

अजारेन्का चौथो चरणमा

काठमाडौं । बेलारुसकी भिक्टोरिया अजारेन्काले वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको चौथो चारणमा स्थान सुरक्षित गरेकी छन् ।

अजारेन्काले तेस्रो चरण अन्तर्गत शुक्रबार सम्पन्न खेलमा अमेरिकाकी म्याडिसन किजलाई २-१ को सेटमा पराजित गरेकी हुन् ।

मेलबर्नस्थित रोड लेभर एरिनामा पहिलो सेट १-६ ले गुमाए पनि अजारेन्काले त्यसपछिका दुई सेट ६-२ र ६-१ ले आफ्नो पक्षमा पारिन् ।

अजारेन्का अर्जेन्टिनाकी  नादिया पोडोरोस्कालाई ६-१ र ६-० तथा किज चाइनिज खेलाडी वाङ सिन्युलाई ६-३ र ६-२ को सोझो सेटमा पराजित गर्दै तेस्रो चरण प्रवेश गरेका थिए ।