युएस ओपन

अल्कारेजलाई युएस ओपन

न्युयोर्क । कास्पर अल्कारेजलाई निराश पार्दै कार्लोस अल्भारेजले सोमबार युएस ओपन जितेका छन् ।

अल्भारेजको यो पहिलो ग्रान्ड स्लाम हो । अल्भारेजले रुडमाथि ६-४,२-६,७-६(७-१),६-३ को जित निकाले । यससँगै अल्भारेजले विश्व वरियताको शीर्ष स्थान समेत पक्का गरेका छन् ।

१९ वर्षका अल्भारेज पिट साम्प्रासपछि ग्रान्ड स्लाम जित्ने सबै भन्दा कान्छो खेलाडी समेत बनेका छन् ।

अन्तिम १६, क्वार्टरफाइनल र सेमिफाइनलमा अल्भारेजले जित निकाल्न पाँचौ सेटसम्म कुर्नु परेको थियो । रुडमाथि पन उनले जित निकाल्न चौथो सेटसम्म कुर्नुपर्यो ।

‘मैले पछिल्लो तीन खेलमा जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो,’उनले भने, ‘म थकित थिए । म पहिलो ग्रान्ड स्लामको संघारमा थिए । जसले गर्दा मलाई थकित हुने छुट थिएन । मेरो सपना साकार भएको छ । विश्व नम्बर एक र ग्रान्ड स्लाम च्याम्पियन ।’