स्पेनिस ला लिगा

खेल तालिकाप्रति मार्लोकाका प्रशिक्षक अग्वेर रुष्ट

मड्रिड । मार्लोकाका प्रशिक्षक जाभियर अग्वेरले आइतबार स्पेनिस ला लिगाको साविको विजेता रियाल मड्रिडविरुद्धको खेल दिउँस खेलाउने तालिकालाई अपराधको संज्ञा दिएका छन् ।

रियालले जारी सिजन शतप्रतिशत नतिजालाई कायम राख्ने क्रममा सान्टियागो बर्नाबेउमा आइतबार मार्लोकालाई ४-१ ले हराएको थियो । स्थानिय समय अनुसार खेल दिउँस २ बजे सुरु भएको थियो । सो समयमा त्यहाँको तापक्रम ३२ डिग्री सेल्सियस थियो । 

उनले यस्तो गर्मीमा खेल खेलाउनु खेलाडीमाथिको अत्याचार भएको समेत बताए ।

‘यो खेलाडीमाथिको अत्याचार हो । जुन तरिकाले यस्तो गर्मीमा खेल खेलाइयो, त्यो अपराध हो,’ उनले भने, ‘एउटा खेलाडीले यस्तो गर्मीमा कसरी स्वभाविक खेल खेल्न सक्छ? हामी सन्तुष्ट छैनौ र हाम्रा समर्थक पनि ला लिगा आयोजकसँग रुष्ट छन् ।धेरै खेलाडी घाइते भए,यसको मुल्य कसले चुकाउछ ?शनिबार नै हामीले ला लिगाको अर्को खेल खेल्नुछ । त्यतीबेला सम्म हाम्रो खेलाडी फिट हुने सम्भावना समेत न्युन छ ।’