सिलिकन भ्याली क्लासिक

ओसाकाले सिलिकन भ्याली क्लासिक खेल्ने

टोकियो । चार पटककी ग्रान्ड स्लाम विजेता जापानकी नाओमी ओसाका सिलिकन भ्याली क्लासिक प्रतियोगितासँगै फ्रेन्च ओपनपछि पहिलो पटक कोर्टमा उत्रने भएकी छिन् ।

पछिल्लो चार वर्ष लगाातर ग्रान्ड स्लाम विजेता ओसाका अमान्डा अनिसिमोमासँग निारश हुँदै रोनाल्ड गारोसको पहिलो चरणबाट बाहिरिएकी थिइन । अस्ट्रेलियन ओपनको तेस्रो चरणमा ओसाका अमान्डासँग पराजित भएकी थिइन ।

चोटका कारण ओसाकाले विम्बल्डनबाट भने नाम फिर्ता लिएकी थिइन ।

आयोजकले सोमबार अगस्ट १ बाट सुरु हुने प्रतियोगिातमा ओसाकाले खेल्ने पुष्टी गरेको हो । यससँगै ओसाकाले हार्ड कोर्टमा पुनरागमन गर्दैछिन् । जुन प्रतियोगिता युएस ओपन सुरु हुनु भन्दा चार साता अघि सुरु हुन लागेको हो ।

‘हामी ओसाकाको पुनरागमनमा निकै उत्साही छौ’, सिलिकन भ्याली क्लासिकका निर्देशक विक्की गुनारसनले,'हाम्रो प्रतियोगितामार्फत ओसाकाले डब्लुटिएमा डेब्यु गरेकी थिइन । उनले छोटो समयमा धेरै उपलब्धी हासिल गरेकी छिन् ।'

ओसाका  विश्व  वरियताको ३८औं स्थानमा छिन् । उनले यस वर्ष कुनै पनि प्रतियोगिता जित्न सकेकी छैनन । उनी  अप्रिलमा मयामी ओपनको फाइनलमा विश्व नम्बर एक इगा स्वाटेकसँग निराश भएकी थिइन ।

सिलिकन भ्याली क्लासिकमा विम्बल्डन विजेता इलिना राइवाकिना, विश्व नम्बर पाँच ओन्स जुबरे, कोको गौफ र बियान्सा आन्द्रेस्क्युले खेल्ने पुष्टी भैसकेको छ ।