इटालियन सिरी ए

इब्राहिमोभिच थप एक वर्ष मिलानमै

मिलान । ज्लाटान इब्राहिमोभिचले सोमबार इटालियन सिरी ‘ए' को च्याम्पियन एसी मिलानसँग एक वर्षको सम्झौता थप गरेका छन् ।

इब्राहिमोभिच सन् २०१९  डिसेम्बरमा मेजर लिग सकर क्लब एलए ग्यालेक्सीबाट सान सिरो फर्किएका थिए । 

गत सिजन साविक विजेता इन्टर मिलानलाई पछि पार्दै मिलानले सन् २०११ पछि पहिलो पटक सिरी ‘ए’ को उपाधि जितेको थियो । यससँगै मिलानबाट सिरी ‘ए’ को उपाधि जित्ने इब्राहिमोभिचको इच्छा पूरा भएको थियो ।

चोटका कारण अधिकांश समय मैदान बाहिर रहेका इब्राहिमोभिचले गत सिजन मिलानबाट सबै खाले प्रतियोगिता गरि १२ खेल मात्र खेलेका थिए । जसमा उनले आठ गोल समेत गरेका थिए । यद्धपी घुँडाको शल्यक्रियाका कारण उनी कम्तीमा जनवरीसम्म मैदान बाहिर रहनेछन् ।

उनी नयाँ सम्झौतासँगै जुन २०२३ सम्म मिलानमा रहनेछन् । अगस्ट १३ मा युडिनेसीविरुद्धको खेलसँगै मिलानले सिरी ए को उपाधि रक्षाको यात्रा थालनी गर्नेछ ।