इङ्लिस प्रिमियर लिग

जिचेन्को आर्सनल जाने पक्का

लन्डन । इङलिस प्रिमियर लिगको क्लब आर्सनल साविक विजेता म्यानचेस्टर सिटीका ओलेक्सान्डर जिचेन्कोलाई अनुबन्ध गर्न सहमत भएको छ ।

आर्सनल जिचेन्कोको अनुबन्धमा ३० मिलियन पाउन्ड र अतिरित्त दुई मिलियन पाउन्ड खर्चन  सहमत भएको हो ।

जिचेन्को हाल सिटीसँगै प्रि-सिजन भ्रमणमा अमेरिकामा छन् ।उनी केही दिनै आर्सनलसँगको सम्झौता प्रक्रिया पूरा गर्न इङल्यान्ड फर्कने बताइएको छ । 

जिचेन्को सन् २०१६ मा पेग ग्वार्डिओला सिटीको प्रशिक्षकको रुपमा आएपछि उनले अनुबन्ध गरेको पहिलो खेलाडी हुन् । सिटीबाट जिचेन्कोले चार पटक प्रिमियर लिग, चार पटक इङलिस लिग कप र एक पटक एफए कप जितेका छन् । 

उनले सिटीबाट सबै खाले प्रतियोगिता गरि एक सय २८ खेल खेलेका छन् ।

नयाँ सिजनका लागि सिटीबाट आर्सनल जाने उनी दोस्रो खेलाडी हुन् । यसअघि सिटीका स्टाइकर ग्याब्रियल जिजस ४५ मिलियन पाउन्डमा आर्सनल गएका थिए ।