वैशाख ३०, २०८२ मंगलबार | १३:५१:२४
धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक

अध्यक्ष अस्वस्थ भएपछि फिफासँगको बैठक पनि स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक विरामी भएपछि सोमबारका लागि तय गरिएका दुई अत्यन्तै महत्वपूर्ण बैठक स्थगित भए ।

साधारणसभाले गत असार ६ गते नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा सोमबार दिउसो तीन बजेका लागि तय थियो । त्यसअघि फिफासँग पनि एन्फाको नयाँ नेतृत्वको अनलाइन बैठक बस्ने तय गरिएको थियो । तर अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि दुवै बैठक अनिश्चित समयका लागि स्थगित गर्नुपर्यो ।

एन्फा महासचिव किरण राईका अनुसार अध्यक्षको ‘ब्लड प्रेसर’ अचानक बढेपछि उनलाई उपचारार्थ मेडीसिटी अस्पताल पुर्याइएको थियो । अस्पतालमा इसिजीलगायतका अन्य थुप्रै जाँच गरेपछि दिनभर अब्जरभेसनमा राखेर उनलाई साँझ डिस्चार्ज गरिएको थियो ।

अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको कार्यसमिति बैठकको नयाँ मिति छलफलपछि तय गरिने राईले जानकारी गराए ।

फिफाका विभिन्न विभाग प्रमूखहरुसँग एन्फाको नयाँ नेतृत्वको औपचारिक परिचय गर्नेलगायतका विषय रहेको अनलाइन बैठक पनि अध्यक्षको स्वास्थ्यका कारण स्थगित भएको राईले जानकारी गराए ।

‘हिजो राती आठ बजे उहाँलाई डिस्चार्ज गरेर घर ल्याइयो । आज फलोअपका लागि बोलाएको छ । डाक्टरले आराम गर्नु भनेका छन्,’ महासचिव राईले खेलाडीसँग भने, ‘आज फलोअपमा गएपछि धेरै कुरा थाहा हुन्छ । त्यसपछि अध्यक्षज्युसँग छलफल गरेर बैठक कहिले बस्ने भन्ने निर्णय गर्छौ ।’

यसैगरी फिफाका विभिन्न विभाग प्रमूखहरुसँग एन्फाको नयाँ नेतृत्वको औपचारिक परिचय गर्नेलगायतका विषय रहेको अनलाइन बैठक पनि अध्यक्षको स्वास्थ्यका कारण स्थगित भएको राईले जानकारी गराए ।

फिफाको डेभलपमेन्टको टिम, फिफा मेम्बर एसोसिएसनको टिम, फिफा फाइनान्स टिम र फिफा एफए गर्भनेन्स टिमका प्रमूखहरु र एन्फाको नेतृत्वबीच नेपाली फुटबलका विभिन्न विषयमा छलफल गर्नका लागि जुलाई १ मा यो बैठक तय भएको एन्फाको एक उच्च स्रोतले खेलाडीलाई जानकारी गरायो । स्रोतका अनुसार फिफासँगको बैठकमा नेपालका तर्फबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष र फाइनान्स डिरेक्टरको उपस्थिती हुनुपर्ने थियो । तर अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूख नवीन पाँडेले अनलाइन आएर अध्यक्ष नेम्वाङ अस्वस्थताका कारण अचानक अस्पताल भर्ना हुनुपरेको जानकारी गराएपछि बैठक स्थगित गरिएको थियो ।

‘एन्फाको नयाँ नेतृत्वसँगको बैठकका लागि मलेसिया, दिल्ली र जुरिचबाट फिफाका अधिकारीहरु अनलाइन बसेका थिए । आज चाँही नेपालको विषयमा छलफल गर्ने भनेर उनीहरु विशेष तयारी गरेर आएका थिए,’ एन्फाको उच्च स्रोतले खेलाडीलाई भन्यो, ‘नेपालको विषयमा खासगरी नियन्त्रित बजेट, नयाँ नेतृत्वसँग औपचारिक परिचय, फिफाको गाइडलाइन दिने, एन्फाका योजनाहरु लिने लगायतका विषयमा छलफल हुने तयारी थियो ।’

धेरै कुराको समय मिलाएर यो बैठक तय गरेका थिए । त्यसैले अध्यक्ष उपलब्ध नभए अरु कसैले उनको प्रतिनिधित्व गरोस भन्ने उनीहरुको अपेक्षा हुन्छ ।



फिफाले निक्कै महत्व दिएको बैठकमा सहभागिता जनाउन नसक्दा नेपालका थुप्रै अलपत्र कामहरु तत्काल सुचारु गर्ने विषय अनिश्चित कालका लागि धकेलिएको छ । साथमा फिफाले निक्कै महत्व दिएर बारम्बार एन्फालाई ‘नोटिफिकेसन’ पठाएको बैठक स्थगित गर्नुपर्दा उनीहरु निराश भएको स्रोतले बतायो ।

‘अध्यक्ष विरामी परेको जस्तो संवेदनसिल कुरा आएपछि उनीहरुले केही भनेनन् । तर अध्यक्षको प्रतिनिधिका रुपमा वरिष्ठ उपाध्यक्षले नेतृत्व गरेर महासचिव, कोषाध्यक्ष, फाइनान्स डिरेक्टर र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखले बैठकमा भाग लिएको भए हुन्थ्यो,’ स्रोतले भन्यो, ‘उनीहरुले धेरै कुराको समय मिलाएर यो बैठक तय गरेका थिए । त्यसैले अध्यक्ष उपलब्ध नभए अरु कसैले उनको प्रतिनिधित्व गरोस भन्ने उनीहरुको अपेक्षा हुन्छ । अब फेरि यसैगरी अर्को बैठक तय गर्न लामो समय लाग्न सक्छ ।’

विभिन्न शीर्षकमा फिफाबाट आउनुपर्ने दशौं लाख डलर निकासा तथा नियन्त्रित बजेट खुल्ला गर्ने कामका लागि यो बैठक महत्वपूर्ण हुन सक्थ्यो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP