विम्बल्डनः रेवाकिना र जाबर फाइनलमा

लन्डन । सिमोना हालेफलाई पराजित गर्र्दै इलिना रेवाकिना विम्बल्डनको फाइनलमा प्रवेश गरेकी छिन् ।

बिहीबार सम्पन्न सेमिफाइनलमा रेवाकिनाले हालेफलाई ६-३,६-३ को सोझो सेटमा पराजित गरिन् ।

‘म निकै खुशी छु’ ,रेवानिनाले भनिन्,'मेरो खेलजीवनमा आरोह अबरोह आइनै रह्यो । म आज मानसिक रुपमा पूर्ण रुपमा तयार थिए र मैले स्वभाविक प्रदर्शन गर्दा फाइनलमा स्थान बनाउन सफल भए ।'

फाइनलमा उनले ओन्स जाबरको सामना गर्नेछिन् । जाबरले मारियामाथि ६-२,३-६,६-१ को जित निकाल्दै फाइनलमा स्थान बनाएकी हुन् । जाबरले पनि पहिलो पटक ग्रान्ड स्लाम फाइनलमा स्थान बनाएकी हुन् ।

मेरा लागि यो ठूलो अवसर हो र म यसलाई खेर जान दिन चाहन्न, रेवाकिनाले भनिन् ।