विम्बल्डन

अफ्रिकाका युवाहरुलाई हामी पनि सक्षम छौ भन्ने सन्देश दिन चाहन्छुः जाबर

लन्डन । टयुनेसियाकी ओन्स जाबरले लगातार दोस्रो वर्ष क्वार्टरफाइनलमा स्थान बनाएसँगै अफ्रिकाका युवाहरुमा पनि विम्बल्डनमा प्रतिस्पर्धा गर्नसक्छन् भन्ने आशा जगाएको प्रतिक्रिया दिएकी छिन् ।

२७ विर्षया जाबरले तेस्रो चरणमा उपाधि दाबेदार मानिएकी इगा स्वाटेकलाई हराएकी थिइन । उनी पहिलो ग्रान्ड स्लामको खोजीमा छिन् । 

जाबरले चौथो चरणमा आइतबार बेल्जियमकी इलिसे मार्टिन्सलाई ७-६(११-९), ६-४ ले हराइन । क्वार्टरफाइनलमा जाबरले चेक रिपब्लिककी म्यारी बोउज्कोभाको सामना गर्नेछिन् ।

‘विम्बल्डनमा म क्वार्टरफाइनलमा प्रवेश गरेको यो लगातार दोस्रो पटक हो,’ उनले भनिन्, ‘म निकै उत्साही छु । म उपाधिका साथ अफ्रिकाका युवाहरुलाई हामी पनि विम्बल्डनमा प्रतिस्पर्धा गर्दै सफलता निकाल्न सक्षम छौ भन्ने सन्देश दिन चाहन्छु । म अफ्रिकाबाट ग्रान्ड स्लाममा धेरै भन्दा धेरै खेलाडी आएको हेर्न चाहन्छु ।’