विम्बल्डन

जोकोभिच क्वार्टरफाइनलमा

लन्डन । विश्व नम्बर एक नोभाक जोकोभिच टिम भान रिजथोभेनमाथि संघर्षपूर्ण जितसहित विम्बल्डनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

साविक विजेता जोकोभिचले चौथो चरणमा रिजथोभेनलाई ६-२,४-६,६-१,६-२ को जित निकाले । जोकोभिच अल इङल्यान्ड क्लबमा लगातार चौथो उपाधिको खोजीमा छन् ।

जोकोभिच राफेल नाडालको नाममा रहेको कीर्तिमानी २२ औं ग्रान्ड स्लामको दुरी कम गर्न चाहन्छन । जोकोभिचा र फेडेररको नाममा समान २० ग्रान्ड स्लाम छ । 

कोभिड १९ विरुद्धको खोप नलगाएका कारण जोकोभिचले गत वर्ष अस्ट्रेलियन ओपन खेल्न पाएका थिएनन । जसमा नाडालले २१ औं ग्रान्ड स्लाम जितेका थिए । फ्रेन्च ओपनको क्वार्टरफाइनलमा जोकोभिच नाडालसँग निराश भएका थिए ।

विम्बल्डनमा जोकोभिचको यो लगातार २५औं जित हो । क्वार्टरफाइनलमा जोकोभिचले यानिक सिन्नरको सामना गर्नेछन् ।