विम्बल्डन

जोकोभिच तेस्रो चरणमा, रुड र मरे बाहिरिए

लन्डन । विश्व नम्बर एक नोभाक जोकोभिच तनासी कोकिनाकिसमाथि ६-१,६-४,६-२ को सहज जितसहित विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेका छन् । 

६ पटकका विम्बल्डन विजेता जोकोभिच लगातार चौथो पटक विम्बल्डनको उपाधि जित्ने लक्ष्यमा छन् ।

यता जोन इस्नरसँग पराजित भएसँगै एन्डी मरेको विम्बल्डनको यात्रा दोस्रो चरणमा सीमित बनेको छ ।

तीन पटकका ग्रान्ड स्लाम विजेता मरेमाथि जोनले ६-४,७-६,६-७,६-४ को जित निकाले । मरे विम्बल्डनको दोस्रो चरणबाटै बाहिरिएको योपहिलो पटक हो । उनी यसअघिको प्रत्येक संस्करणमा तेस्रो चरण भन्दा अघि बाहिरिएका थिएनन् ।

त्यस्तै विश्व नम्बर तीन कास्पर रुड पनि दोस्रो चरणबाटै बाहिरएका छन् । कास्पर फ्रान्सका युगो हाम्बर्टसँग ३-६,६-२,७-५,६-४ ले स्तब्ध भए ।