टेनिस

पंक स्वेइले भनाई फेर्नु गम्भिर विषयः डब्लुटिए अध्यक्ष सिमोन

बेइजिङ । डब्लुटिएका प्रमुख स्टिभ सिमोनले चीनिया टेनिस स्टार पंक स्वेले हालै फ्रान्सको खेलकुद दैनिक एल इक्युपेमा आफूले कसैमाथि पनि यौन र्दुव्यहारको आरोप नलगाएको भनि दिएको अन्तरवार्ताले आफूहरुले उठाएका चासो नसमेटिएको बताएका छन् ।

गत नोभेम्बरमा स्वेले आफूमाथि चीनका पूर्व भाइस प्रिमियरले यौन र्दुव्यहार गरेको भन्दै सामाजिक संजाल वेइवोमा पोस्ट गरेकी थिइन् । साथै उनी सार्वजनिक कार्यक्रमहरुमा पनि देखिन छोडेकी थिएन । त्यसपछि विश्वभर उनको सुरक्षालाई लिए सबैले चासो देखाएका थिए । 

त्यसको केही सातापछि नै स्वेले सामाजिक संजालमा गरेको पोस्टको गलत व्याख्या गरिएको र आफूले कसैलाई पनि यौन र्दुव्यहारको आरोप नलगाएको भन्दै सो पोस्ट हटाएकी थिइन । 

डब्लुटिएले स्वेको अवस्थाको बारमा चीन सरकारको आधिकारिक धारणा आउनु पर्ने भन्दै त्यहाँका लागि तय प्रतियोगिताहरु स्थगित गरेको थियो । 

‘यौन र्दुव्यहार ? मैले कहिले पनि कसैमाथि यौन र्दुव्यहारको आरोप लगाएकी छैन’,स्वेले भनिन्, ‘विश्वभर मेरो पोस्टको गलत व्याख्या गरियो । म यो विषयमा अब केही प्रतिक्रिया दिन चाहन्न । ’

‘पंक स्वे सार्वजनिक कार्यक्रमहरुमा देखिनु राम्रो पक्ष हो’, सिमोनले भने ‘तर उनले आफूमाथि भएको यौन र्दुव्यहारबारे भनाई फेर्दैै मौन बस्नु गम्भिर विषय हो । हामी अझ यस विषयमा गम्भिर छानबिन होस भन्ने पक्षमा छौ । ’