इङ्लिस प्रिमियर लिग

सन् २०२४ पछि प्रशिक्षण जीवनबाट अलग हुन चाहन्छुः राल्फ हासेनहट

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब साउथहमटनका प्रशिक्षक राल्फ हासेनहटले सन् २०२४ मा क्लबसँगको सम्झौता सकिएपछि प्रशिक्षण जीवनबाट विश्राम लिने बताएका छन् ।

जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिकका पूर्वप्रशिक्षक हासेनहटले सन् २०१८ मा साउथहमटन आएका थिए । सुरुमा १८ महिनको सम्झौता गरेका हासेनहटले थप चार वर्षको सम्झौता पाएका थिए,जुन सन् २०२४ मा सकिनेछ । 

पछिल्लो समय उनी प्रिमियर लिगकै अन्य क्लबमा जान लागेको खबर समेत सार्वजनिक भएको थियो । तर हसेनहटले भने आफूले विश्राम लिन चाहेको बातए ।

‘मैलै सधै आफूलाई प्रमाणित गर्न चाहे र त्यसमा केही हद सम्म सफल पनि भए’,हासेनहटले भने,' मैले क्लब प्रशिक्षण सम्हालेको पनि धेरै नै भयो । साउथहमटनमै मैले साढे पाँच वर्ष बिताइसके । म आफ्नो काममा सन्तुष्ट छु । म अब प्रशिक्षण जीवनबाट अलग हुन चाहन्छु । म अरु नै केही गर्न चाहन्छु । तर साउथहमटनमा रहँदा सम्म भने म क्लबलाई शतप्रतिशत दिनेछु । '

साउथहमटन २२ खेलमा २५ अंकसहित प्रिमियर लिगको १२औं स्थानमा छ ।