इङ्लिस प्रिमियर लिग

न्युक्यासलबाट च्याम्पियन्स लिग जित्ने ग्युमारेजको चाहाना

लन्डन । ब्रनो ग्युमारेजले न्युक्यासल युनाइटेडबाट च्याम्पियन्स लिगको उपाधि जित्ने चाहाना रहेको बताएका छन् ।

इङ्लिस प्रिमियर लिगमा रेलिगेशनबाट बच्न संघर्षरत न्युक्यासलले जनवरी सरुवामा खेलाडी अनुबन्धनमा महंगो रकम खर्चिएको थियो । 

न्युक्यासल २१ खेलमा १५ अंकसहित १९औं स्थानमा छ । प्रिमियर लिगमा न्युक्यासलले मंगलबार एभर्टनको सामना गर्दैछ ।

युरोपका अन्य शीर्ष क्लबले अनुबन्धन गर्ने इच्छा देखाएपनि ग्युमारेज गत महिना न्युक्यासलमा अनुबन्धन भएका थिए ।

न्युक्यासल रेलिगेशनबाट बच्न संघर्षरत रहेपनि ग्युमारेजले भने यहीँ क्लबाट युरोपकै प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको च्याम्पियन्स लिग जित्ने चाहाना रहेको बताएका हुन् । 

‘पक्कै पनि यो मेरो सपना हो । म यो सपना पूरा गर्न चाहन्छु’, ग्युमारेजले भने,'म मैदानमा हार्न चाहन्न । म जित्न चाहन्छु । हाम्रो टोली राम्रो छ । हामी प्रियिमर लिगबाट बाँच्न मात्र होइन, च्याम्पियन्स लिग नै जित्न चाहन्छौ ।'