विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिता

विद्यालयस्तरीय तेक्वान्दोः सेननलाई स्वर्ण

विद्यालयस्तरीय तेक्वान्दोको चिल्ड्रेन एन्ड क्याडेटको महिलामा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । नमुना मच्छिन्द्रका सेनन पाख्रिन तामाङले प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिताको जुनियर पुरुष ६८ केजीमुनिमा बिहीबार स्वर्ण पदक जितेका छन् । सेननले फाइनलमा श्री विष्णुदेवीका अंकित राईलाई पराजित गरे ।

यसैगरी चिल्ड्रेन एन्ड क्याडेटको पुरुष ३१ केजीमुनिमा रोनक कामत तथा ३३ केजीमुनिमा श्री विष्णुदेवीकी राकेश घिसिङले स्वर्ण पदक हात पारे ।

चिल्ड्रेन एन्ड क्याडेटको महिला ३३ केजीमुनिमा विजेश्वरी ज्ञान मन्दिरकी एलिना थापा मगर तथा जुनियर महिला ४२ केजीमुनिमा स्टेपिङ स्टोनकी प्रीति सिंह, ४४ केजीमुनिमा विश्व निकेतनकी रोजिना लामा र ४६ केजीमुनिमा विजेश्वरीकी एलिना विष्टले स्वर्ण पदक चुमे ।