काजल श्रेष्ठ

काजल तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री

काठमाडौं । तेक्वान्दो खेलाडी काजल श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री बनेकी छन् । अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उतिर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाकी काजल गत डिसेम्बर ७ देखि १० सम्म अन्तर्राष्ट्रिय तेक्वान्दोले कोरियाको मुजुमा लिएको परिक्षामा सामेल भएकी थिइन् । काजल १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता हुन् ।

काजलले सन् २०२३ अगस्टमा कोरियामा भएको एमबिसी कप अन्तराष्ट्रिय तेक्वान्दोमा रजत जितेकी थिइन् भने २०२३ मै अजरबैजानमा भएको तेक्वान्दोको विश्व च्याम्पियनसीपमा पनि सहभागिता जनाएकी थिइन् ।