प्रवीण घले स्मृति कप

प्रवीण घले स्मृति कपः सेमिफाइनल समिकरण पूरा

सिन्धुपाल्चोक । प्रथम प्रवीण घले स्मृति कप तथा मुग ल्हो ल्होसार खुला सेभेन ‘ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समकरण पूरा भएको छ।

चौतारा टुँडिखेलस्थित मिनी रंगशालामा शुक्रबार क्वार्टरफाइनमा जित निकाल्दै बाह्रदेवी युवा क्लब, गाती युवा क्लब, सिन्धुपाल्चोक फुटबल क्लब लामसाँघु र रोयल फ्यामिली चौताराले अन्तिम चारमा स्थान सुरक्षित गरे ।

पहिलो क्वार्टरफाइनमा बाह्रदेवीले मेलचौर युवा जागरण समाजलाई १-० ले पराजित गर्यो । बाह्रदेवीको जितमा अमृत तामाङले  ३९ औं मिनेटमा गरेको एक मात्रै गोल निर्णयक बन्यो। ।

दोस्रो खेलमा गातीले चौतारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले स्तब्ध बनायो । निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो।

तेस्रो खेलमा सिन्धुपाल्चोक फुटबल क्बलले इन्द्रवाती-३, कुन्चोकलाई १-० गोल अन्तरले पराजित गर्यो । सिन्धुपाल्चोकको जितमा एन्जल श्रेष्ठले  ४० औं मिनेटमा निर्णायक गोल गरे।

चौथो तथा अन्तिम क्वार्टरफाइनलमा रोयल फ्यामिलीले चौतारा स्पोटिङ क्लबलाई २-१ ले निरास बनायो । सेमिफाइनलका खेलहरू शनिबार हुनेछ।

पहिलो सेमिफाइनलमा बाह्रदेवीले गाती तथा दोस्रो  सेमिफाइनलमा सिन्धुपाल्चो फुटबलले रोयल फ्यामिलीको सामना गर्नेछ।